म्यानमारबाट ५ जना नेपालीको उद्धार
काठमाडौं । रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार भएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच जना नेपालीलाई उद्धार गरेर नेपाल पठाइएको बैंककमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले आग्रह गरेको छ । कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।
नेपालीहरू ठगिने क्रम बढेको भन्दै परराष्ट्र मन्त्रालयले हिजो ट्राभल एडभाइजरी जारी गरिसकेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया