मौसम बदली : बादलले ढाके पनि खासै बर्षा भएन, आजदेखि सुधार हुने
काठमाडौं । नेपालमा गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरू भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको छ ।
काठमाडौं उपत्यकालगायत केही ठाउँमा हिजो बेलुका सामान्य हिउँदे वर्षा भएको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि छिटपुट वर्षा भएको छ ।
गएराति देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । आजदेखि भने मौसम सुधार हुँदै जाने उनले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया