Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

माओ जयन्तीमा बिप्लव र जनार्दन शर्मा एउटै मञ्चमा


 माओत्सेतुङ जयन्तीको सन्दर्भ पारेर काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो १:३० बजे विशेष कार्यक्रम आयोजना गरिंदैछ । कार्यक्रममा नेकपाका नेता नेत्रबिक्रम चन्द विप्लव र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई एकै मञ्चमा प्रस्तुत गरिनेछ ।

काठमाडौं । माओत्सेतुङ जयन्तीको सन्दर्भ पारेर काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो १:३० बजे विशेष कार्यक्रम आयोजना गरिंदैछ । कार्यक्रममा नेकपाका नेता नेत्रबिक्रम चन्द विप्लव र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई एकै मञ्चमा प्रस्तुत गरिनेछ ।

यो कार्यक्रम सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आयोजना गरेको हो । केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिएअनुसार, कार्यक्रममा माओत्सेतुङको विचारधारा, वर्तमान राजनीतिक परिस्थितिमा यसको सान्दर्भिकता र नेपाली वामपन्थी राजनीतिमा यसको प्रभावबारे चर्चा हुनेछ ।

कार्यक्रमले माओवादी आन्दोलनका विविध धारहरूबीच संवाद र सहकार्यको सम्भावनालाई अघि बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । उपस्थित नेताहरूले माओवादी आन्दोलनका ऐतिहासिक अनुभवहरू, राजनीतिक परिवर्तन र समसामयिक चुनौतीहरूको विषयमा आफ्ना विचार राख्नेछन् ।

कार्यक्रममा विभिन्न राजनीतिक विश्लेषक, लेखक र बौद्धिक वर्गको पनि उपस्थिति रहनेछ । यो कार्यक्रम वामपन्थी राजनीति र माओवादी आन्दाेलनकाे भविष्यलाई लिएर गहन छलफल गर्ने मञ्च बन्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट