Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

कालीगण्डकी करिडोरमा टिपर दुर्घटना, चालकको मृत्यु


तम्घास, १३ पुस । कालीगण्डकी करिडोरको सत्यवती दुई पहादीमा टिपर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाका अनुसार शुक्रबार राती भएको टिपर दुर्घटनामा ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमानमा खुलेको हो ।

रिडीबाट निर्माण सामग्री लिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्वरको टिपर कालीगण्डकी करिडोरको सत्यवती दुई पहादीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा चालक पल्पा जिल्लास्थित रैनादेवी १ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको र सहचालक सल्यन जिल्ला वनगाउँ ७ का २३ वर्षीय मोहन जैसी घाइते भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

घाइते जैसीको अवस्था सामान्य भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टिपर सडकदेखि करिव २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट