हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात
हुम्ला । कर्णाली प्रदेशको हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ ।
हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो । यति बेला परेको हिउँले जेठासी बाली अर्थात् उवा, जौ, गहुँ राम्रो हुने भएकोले किसान खुशी भएका छन् ।
हिउँ हुम्लाका किसान लागि सिँचाइको मुख्य स्रोत हो । हिमपातले चिसो पनि बढेको छ । हुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । चिसोका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।
हुम्लामा शुक्रवारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँको बस्ती । तस्वीर : दाने बोहरा/रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया