Techie IT
Samayabaddha
बिहीबार, १८ पुस, २०८१

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा कम्तीमा ८५ जनाको मृत्यु (अपडेट)


काठमाडौं, १४ पुस । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा विमान एउटा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ८५ जनाको ज्यान गएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।

जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। सो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।

देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो। न्याश्नल फायर एजेन्सीले मृतक मध्ये ४६ जना महिला र ३९ जना पुरुषहरू रहेको जनाएको छ।

दक्षिण कोरियाको अग्नि नियन्त्रण निकायका अधिकारीहरूले अधिकांश यात्रुले ज्यान गुमाएको हुनसक्ने बताएका छन्। केही व्यक्तिको जीवितै उद्धार गरिएको छ र उद्धार प्रयासहरू जारी रहेको एक जना अग्नि नियन्त्रकले रोएटर्स समाचार संस्थालाई भनेका छन्।

एक जना विमानस्थलका अधिकारीले विमानको पछिल्लो भागबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट