Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

अबका शासन प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छः प्रचण्ड


बिर्तामोड, १५ पुस । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सहयोगमा आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने बताएका छन् ।

सोमबार झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा खरबदारी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले अबका शासन प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमात्र मुलुकमा स्थिरता र सुशासन कायम हुने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा चुनाव जित्न पैसा खर्च गर्नु नपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले संविधान संशोधनमार्फत आदिवासी जनजाति, महिला र मधेशी, मजदुर र किसान, दलितको अधिकार सुनिश्चित गर्न माओवादी केन्द्र पार्टी लागिपरेको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट