Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

एमालेको सचिवालय बैठक बस्दै


काठमाडौँ, १८ पुस । नेकपा (एमाले)को सचिवालय बैठक आज दिउँसो १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट