Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना मारिए


दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनी मारिएका छन् ।

गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको मृत्यु भएको हो । इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको अल–मावासीमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

हमासको आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उनका सहयोगी हसम शाहवानले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको समयमा आक्रमण भएको दाबी गरेको छ । यो आक्रमण उनीहरुलाई लक्षित गरेर योजनाबद्ध हत्या भएको हमासको आरोप छ ।

इजरायली सेनाले भने उनीहरुले गाजामा आफूहरुमाथि हमासको सैन्य शाखाको योजना बनाउन मद्दत गरेको आरोप लगाएको छ ।

गाजामा सन् २०२३ , अक्टोबर ७ देखि अहिलेसम्म ४५ हजार पाँच सय ८० भन्दा धेरै मानिस मारिएका गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट