Techie IT
Samayabaddha
मंगलबार, २३ पुस, २०८१

दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने तयारी


दक्षिण कोरिया, १९ पुस । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीबार राति २ हजारभन्दा बढी प्रहरी उनको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले युनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने प्रयास गरेको हो । युनविरुद्धको महाभियोग प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा युनको शक्ति निलम्बित छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट