Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

महिला जनप्रतिनिधिको सक्रियताले पालिकाको इज्जत धानिएको छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् ।

जनप्रतिनिधिहरूको सम्मान कल्प संस्थाले आयोजना आज गरेको सी लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिहरूले अगुवाइ गरेको बताए । हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले महिलामा करुण, माया र स्नेह भाव बढी हुने र उनीहरूको भूमिकाले हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई ‘आइकन’ सम्मान प्रदान गरिएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट