Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेदेखि सुरु हुँदैछ ।

अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पस् आजको आवश्यकता’ शीर्षकमा केन्द्रित भएर छलफल हुनेछ ।

बैठकको सुरुवातमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनबारे ब्रिफिङ गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । उनले प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पस् आजको आवश्यकता’ शीर्षकमा केन्द्रित भएर छलफल हुनेछ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक सदस्य, तीन आयोगका ७५ सदस्य तथा १० प्रदेशका १२५ पदाधिकारीहरूको उपस्थिति रहने छ ।

बैठकअघि स्थायी समिति बैठक बिहान ८ बजे बसेर केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्दैछ । बैठकले पार्टीको रूपान्तरण, आगामी रणनीति र राजनीतिक दिशाका महत्वपूर्ण विषयहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो बैठकले माओवादी केन्द्रको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट