Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

एमालेको केन्द्रीय कमिटी बैठक आज, राजनीतिक प्रतिवेदनमाथि बहस हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू हुँदैछ । यो बैठक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठक हो ।

बैठकको सुरुवातमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थिति र सरकार गठनसँग सम्बन्धित विषयहरूमा मन्तव्य प्रस्तुत गर्दैछन् । उनले आगामी योजना, पार्टी संगठन सुदृढीकरण, सरकारको प्राथमिकता, संविधान संशोधन, सहकारी क्षेत्र सुधार र आर्थिक विकाससम्बन्धी विषय समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यले तीन मिनेटको समय पाउने गरी प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नेछन् । यसअघि समूहगत छलफल हुने गरे पनि यस पटक बेग्लाबेग्लै विचार प्रस्तुत गर्ने प्रक्रिया अपनाइएको छ ।

दुई दिनसम्म चल्ने यस बैठकमा केन्द्रीय सदस्य र आयोग प्रमुखहरूको सहभागिता रहने छ । बैठकले संविधान संशोधनलगायत अन्य विषयमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

एमालेको यो बैठकले पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै सरकारको प्राथमिकताहरू स्पष्ट गर्ने लक्ष्य राखेको बताइएको छ ।

क्याटेगोरी : राजनीति

प्रतिक्रिया

ताजा अपडेट