शेयरबजार सकरात्मक, वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन आज बुधवार पनि नेप्से परिसूचक ६ दशलमव ५३ अंक बढेर बन्द भएको छ । नेप्से २ हजार ६५३ दशमलव ३८ विन्दुमा कायम भएको हो ।
कारोबार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । मंगलबार ५ अर्ब ३८ करोड बरावरको कारोबार भएकोमा आज बढेर रू. ६ अर्ब ४० करोड पुगेको हो । पुस मसान्तको दबाब सकिएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २२ प्रतिशत वृद्धि भएको छ ।
आज कारोबारमा आएका ३०५ धितोपत्रको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर ७२ हजार १२० पटक कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये एक धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्सको शेयर मूल्य अघिल्लो दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०८ दशमलव ४० पुगेको छ । त्यस्तै दोस्रोमा सिन्धु विकास बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. १ हजार ४९ दशमलव २० पुगेको छ ।
बुधवार सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७० कायम भएको छ । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ९ दशमलव ६९ प्रतिशत घटेर रू. ७७० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा न्यादी हाइड्रोपावरले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड ५३ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४१ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिन्धु विकास बैंकको रू. १९ करोड ७७ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । यस आधारमा उक्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ५६ प्रतिशत घटेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया