दुर्गा प्रसाईंसहित ३ जनाविरुद्द आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता
काठमाडौं । मेडिलक व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्द संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । बुधवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेका हुन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको छ । रामचन्द्र मौनली फरार छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
प्रसाईंसहितका आरोपीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया