Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै : माधव नेपाल


काठमाडौं, २५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताएका हुन् ।

त्यस्तै, उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘‘उदयपुर र डडेलधुरामा विमानस्थल चल्छ ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन रु? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन रु? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु प¥यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्सानी भइरहेको छ ।’’

अध्यक्ष नेपालले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको टिप्पणी गर्दै मेरो जिल्लामा मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको जिकिर गरे ।

विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘‘आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्सान भइरहेको छ, नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार ।’’

अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठुला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न गरे ।

उनले भने, ‘‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरु बनाउँछौँ । यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला ।’’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट