Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको शपथ लिँदै


काराकास, २६ पुस । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि शपथ लिने भएका छन्।

बिहीबार काराकासमा शपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गरेकी विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई र्‍यालीपछि केही समयका लागि हिरासतमा लिइएको उनको समूहले जनाएको छ ।

सरकारले उनलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ ।

हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिएका छन् भने उनीहरुको सुरक्षा हुनुपर्ने बताएका छन् ।

रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उनी र भेनेजुयलाका केही उच्चपदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पको उत्तराधिकारीका रूपमा आउनुभएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाएका थिए । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो । ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट