विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासमा रहेको विनयी खोलाको पुल भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए । बेलुकी ५ बजेतिर पुलको बीच भाग भासिएपछि गाडी सञ्चालन ठप्प भएको पोख्रेलले बताए ।
पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको काम थालिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । डाइभर्सन निर्माण गरी गाडी सञ्चालन गर्न केही समय लाग्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया