Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

देउवाले माघको पहिलो सातासम्म एमालेको साथ छोड्ने कांग्रेसकै नेताहरुको दाबी


काठमाडौं, २७ पुष । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याईने भएको हो । अध्यादेश ल्याउनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परामर्श गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि प्रधानमन्त्री ओली अध्यादेश ल्याउने विन्दुमा पुगेका हुन् । देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का चार जना सांसद आफ्नो दलमा आउनेगरि अध्यादेश ल्याउन लागेको विश्वास दिलाएका छन् ।

हिजो र आज माधव नेपालको पनि दौडधूप बढिरहेको छ । उनले अध्यादेश रोक्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको साथ खोजेका छन् । राष्ट्रपति पौडेलसमक्ष पनि यसअघि नै प्रचण्ड र माधवले संयुक्त रुपमा भेटेर अध्यादेश ल्याए अघि नबढाउन अनुरोध गरिसकेका छन् । पछिल्लो साता सत्ता गठबन्धनमा समेत खटपट सुरु भएको बताईन्छ । कांग्रेस सभापति देउवाले माघको पहिलो सातासम्म एमालेको साथ छोड्ने कांग्रेसकै कतिपय नेताहरुको दाबी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट