Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम


काठमाडौं, २७ पुस । शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ : ४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबारको तुलनामा शनिबार न्यूनतम तापक्रम केही बढेको हो।

बिहानपख आकाश बादलले ढाकिँदा न्यूनतम तापक्रम बढ्ने मौमसविदहरूले बताएका छन् । काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट