अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
सान फ्रान्सिस्को, २७ पुस । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएका छन् ।
डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टाभन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।
डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुबै एयरपोर्टमा एक हजार दुई सयभन्दा बढी उडानहरू रद्द गरियो ।
संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ कम्तिमा पाँच जनाको ज्यान गएको र सयौं उडानहरू रद्द भएको थियो ।
केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्यो र हजारौं मानिसहरू बिजुलीविहीन भए । राससरएएफपी
क्याटेगोरी : अन्तर्वार्ता, समाचार
प्रतिक्रिया