पाथिभरा वन समितिमा भ्रष्टाचारको गन्ध
भद्रपुर । कचनकवल–७, बालुबाडीस्थित पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डी.बी. प्रसाद लोहासहित अन्य कर्मचारीलाई सेटिङ मिलाएर काठ बेची खाएको आरोप लागेको छ ।
समितिको २०८० फागुन १० गते भएको १५ औं साधारण सभामा काठ सम्बन्धी हिसाब किताबमा हिनामिना गरेकाे आशंका लागि छानविन गर्न चित्रसेन राईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो । गत सालको फागुन १९ गते बसेको बैठकमा संयोजक राईको टोलीले आरोपितहरूलाई सोधपुछ गर्दा चित्त बुझ्दो जवाफ नआएको तथा १९ सय ६ सेफ्टी गोेलिया काठको हिनामिना गरिएको निश्कर्ष निकालेको थियो ।
छानविन समितिको आशंका अनुसार उनीहरूद्वारा उक्त गोलिया रु. १५ सय देखि २१ सयसम्म बेचिएको थियो । उक्त काठको मूल्य करिब रु. ३८ लाख पर्छ ।
‘छानविन समितिले दोषी देखाएपछि आरोपितहरूलाई जिल्ला वन कार्यालय, झापाले कानुन अनुसार कार्वाही गर्ने भनेर पक्रिन खोजेको तर सेटिङ र राजनीतिक पहुँचका कारण उनीहरूलाई आवश्यक भएको बखत उपस्थित गराउने गरी छोडियो । सात महिनाभन्दा बढी समय गुज्रिदा पनि सो मुद्धाको सुनुवाई भएको छैन । भ्रष्टाचारीहरूलाई कानून अनुसार कार्वाही गरिए समिति सम्बद्ध सातसय घरले न्याय पाँउथे’, संयोजक राईले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #पाथिभरा सामुदायिक वन उपभोक्ता समिति
प्रतिक्रिया