Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

‘स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ?’


काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रदेश सरकारको भूमिका र आवश्यकताबारे प्रश्न गरेका छन् ।
आफूलाई भेट्न आएका बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानी उनले यस्तो बताएका हुन् ।

‘स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ?’ उनको प्रश्न छ ।संघबाट अधिकार लिएर स्थानीय तहलाई बलियो बनाउन सक्ने प्रदेश सरकारको आवश्यकता भए पनि त्यस्तो आभाष हुन नसकेको उनले बताए ।

‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन,’ उनले भने स्थानीय तहले गर्ने काममा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

‘सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छरु स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन,’ छलफलका क्रममा उनले भने ।

छलफलका क्रममा प्रमुख सचिव डा। लम्सालले प्रदेश र स्थानीय सरकारका बीचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु,’ उनले भने ।

भेटवार्तामा राजस्व संकलन, राजस्व बाँडफाँट, कर्मचारी व्यवस्थापन, संविधानले अधिकार दिएको नगर प्रहरीसम्बन्धी व्यवस्था स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐनले नसमेटेकाले महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयनलगायत विषयमा कुराकानी छलफल भएको थियो ।

छलफलमा काठमाडौं महानगरकी उपप्रमुख डंगोल पनि सहभागी थिइन् ।


क्याटेगोरी : पालिका, राजनीति

प्रतिक्रिया


ताजा अपडेट