Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने


काठमाडौं, २ माघ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।

आजको बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।

मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो । तर अहिले समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट