एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले बाग्मतीलाई ६–० गोलले हरायो । यो जीतसँगै एपीएफ ५ खेलमा १५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बाग्मती युथ ५ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
प्रतियोगितामा एपीएफ, बाग्मतीसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन् । लिगको पहिलो चरणपछि ५ वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्नेछ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया