Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

छविलाल जोशी सम्पर्कविहिन , कहाँ हराए ?


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेहरुसँगै धरौटीमा रिहा भएका पूर्वडिआइजी छविलाल जोशी सम्पर्कविहिन भएका छन् ।

अदालतबाट धरौटीमा छुटेका उनीहरुविरुद्ध काठमाडौंमा पनि मुद्दा चलिरहेकाले अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले पुनः पक्राउ नगरी छोडेको थियो । त्यही अनुसार लामिछाने अदालतमा उपस्थित भए र थुनछेक बहस भएर ६० लाख रुपैँया धरौटीमा रिहा पनि भइसकेका छन् । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशी पनि कास्की प्रहरीको हिरासतबाट छुटेका उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु पर्ने थियो ।

कास्की प्रहरीको हिरासतबाट छुटेपछि जोशी सम्पर्कमा नआएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । उनलाई अझै केही दिन कुर्ने र त्यतिन्जेल पनि हाजिर नभएमा प्रहरीले कारवाही अगाडि बढाउने अदालत स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट