Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालबाट चरित्रहत्या


काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई फेसबुकको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट