Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

भायानेटको इन्टरनेटमा चरम लापरर्वाही, सर्पोट नहुँदा ग्राहक हैरान


काठमाडौं । भायानेटको इन्टरनेटमा आज पनि समस्या देखिएको छ । आज बेलुका ५ः३० बजेदेखि ७ः४५ सम्म काठमाडौं उपत्यकाभर इन्टरनेट चलेन । यद्यपी सपोर्टको नम्बर इङ्गेज बनाएर राखिएको थियो । कतैबाट पनि के समस्या भएको ग्राहकहरुले भेउ पाउन सकेनन् ।

भायनेटको इन्टरनेटमा यसअघि पनि पटक पटक यस्तो खालको समस्या आउने गरेको र समस्या आउँदा कुनै पनि रेस्पोन्स गर्दैन । करिव २ घण्टा भन्दा बढी समस्या हुँदा ग्राहकहरुलाई समस्याको बारेमा यथार्थ जानकारी दिइनुपर्नेमा चुरो कुरा लुकाएर चरम लापर्वाही गर्ने गरेको छ ।

इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध हुँदा पनि कम्पनीले चरम लार्पवाही गरेकोमा सम्बन्धित निकायको ध्यान जान सकेको देखिँदैन ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट