Techie IT
Samayabaddha
शुक्रबार, ४ माघ, २०८१

आजदेखि मौसममा सुधार हुने


काठमाडौं । हिजो दिनभर बदली रहेको मौसममा सुधार हुन थालेको छ । आज केही ठाउँमा आंशिक बदली रही देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बाग्मती, कर्णाली र सुदूरपश्चिम भेगमा मौसम आंशिक बदली हुनेछ । तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु लागेको छ । आज देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

हिजो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न ठाउँमा पानी परेको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा १६ तथा बाजुरामा १३ मिलिमिटर पानी परेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट