रविको हिरासतको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल धरौटीमा छुटे
पोखरा । डा. निकोलस भुसाल धरौटीमा रिहा भएका छन् । रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेर विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा मुद्दा दायर गरेकोे थियो ।
तत्कालीन समयमा उनलाई हिरासतमा राख्न अदालतले इन्कारी आदेश दिएको थियो । त्यसपछि हाजिर जमानीमा छुटेका उनी विरुद्द विहिबार कास्की अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस चलेको थियो ।
दुई दिनसम्म बहस भएपछि उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो । न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया