भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको मृत्यु भएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा अस्ति र हिजो गरेर सात जनाको मृत्यु भएको खबरमा उल्लेख छ ।
शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्नेक्रममा मालिककै मृत्यु भएको छ । प्रहरीले धेरैजसो मृत्यु र घाइते साँढे जुधाउने मैदान बाहिरै भएको बताएका छन् ।
भारतको तमिनाडुमा साँढे जुधाउने चलन निकै लोकप्रीय छ । वर्षेनि मानिसको मृत्यु हुने घटना हुँदै आए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो बढ्दै गएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया