Techie IT
Samayabaddha
शनिबार, ५ माघ, २०८१

पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने


इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका सात सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार भोलि बिहानको दुई बजे रिहा गर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।

इजरायलको न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमास लडाकु समूहद्वारा रिहा गरिएका जीवित बन्धकको सङ्ख्यामा निर्भर हुने बताएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई गएराति अनुमोदन गरेको हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट