सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ, ६ माघ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. आठ सय र चाँदी प्रतितोला रु. ३० घटेको हो ।
गत शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रु। एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रु। एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रु। एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ । रासस
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया