Techie IT
Samayabaddha
आईतबार, ६ माघ, २०८१

मधेशी नेताहरुले शहीदको शालिकलाई ‘अछुत’ बनाएको भन्दै युवाहरुले गंगाजल छर्किएर गरे शुद्धिकरण


सिरहा, ६ माघ । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले ‘अछुत’ बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका हुन् ।

मधेश जनजागरण अभियानका (त्रिनेत्र) का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले शहीदको शालिक छोएकाले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको, उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए ।


क्याटेगोरी : प्रदेश खबर, रोचक, समाचार

प्रतिक्रिया


ताजा अपडेट