कृषि विकास बैंकले ५८औं वार्षिकोत्सव मनायो, उपप्रधानमन्त्री पौडेलले सम्बन्ध र प्रतिष्ठालाई प्राथमिकता दिन आग्रह
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफ्ना निर्धारित उद्देश्यहरू प्राप्त गर्न प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री पौडेलले भने, “अहिले बैंकको व्यवस्थापन र कर्मचारीहरू बीच जीवन्त र सकारात्मक सम्बन्ध हुनु महत्त्वपूर्ण छ । जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना बढी हुन्छ । म सबै कर्मचारी साथीहरू र बैंकमा रहेका ट्रेड युनियनका सदस्यहरूलाई आग्रह गर्न चाहन्छु कि तपाईंहरूले सबैभन्दा पहिला बैंकको क्षमता, सामर्थ्य, प्रतिष्ठा र इज्जतलाई प्राथमिकता दिनुहोस् ।”
“यदि बैंक सबल र प्रभावकारी बन्यो भने, बैंकको इज्जत माथि उठ्नेछ र त्यससँगै सम्पूर्ण कर्मचारीहरूको इज्जत पनि बढ्नेछ । तर, यदि बैंकको प्रतिष्ठा र पर्फमेन्स कमजोर भयो भने त्यसको नकारात्मक प्रभाव सबैमा पर्छ”, उप प्रधानमन्त्री पौडेलले भने ।
उपप्रधानमन्त्री पौडेलले थपे, “बैंकको प्रगति र उन्नतिलाई पहिलो प्राथमिकता दिनुहोस् । बैंक जसको उद्देश्यले स्थापना भएको हो, ती उद्देश्यहरूको प्राप्ति सर्वोच्च प्राथमिकतामा राख्नु आवश्यक छ ।”
पौडेलले व्यवस्थापन र कर्मचारीहरूको बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति हासिल गर्न नसकेको उल्लेख गरे । साथै, उनले बैंकको डिपोजिट अनुपातमा चिन्ता व्यक्त गरे ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया