Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

पाँच अङ्कले बढ्यो नेप्से परिसूचक


काठमाडौं, ८ माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.०८ अंकले बढेको छ । नेप्से परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएर २६१३.०८ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ ।

सोमबारको सेयर कारोबार रकमको तुलनामा ३८ करोड रुपैयाँले कमी आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यस दिन ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

१०६ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ । मंगलबार यो समूहको परिसूचक २।७९ प्रतिशतले बढेको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट