Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

वामदेवसँग सहकार्य गर्ने :


काठमाडौं । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

त्यसैगरी केन्द्रीय कमिटी बैठकले पास गरेको तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने, प्रदेश कमिटीमा मनोनयन अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेता गौतमसँग छलफल गर्दै जाने र उपयुक्त समयमा गौतम नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न सकिनेबारे छलफल भएको एमाले नेताहरुले जनाएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको भन्दै आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउन थप गृहकार्य गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको बताए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट