Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

सुनको मूल्य एक जार नौ सय रुपैयाँले बढेपछि प्रतितोला एक लाख ६० हजार पुग्यो


काठमाडौँ, ९ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट