Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

आइसिसी यु–१९ महिला टी–२० विश्वकप : नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित

लगातार तेस्रो हारसँगै नेपाल विश्वकपबाट बाहिरियो


काठमाडौँ, ९ माघ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । लगातार तेस्रो हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।

यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५६ रनमा समेटियो ।

नेपालका लागि कप्तान पुजा महतोले १८ रन बनाउनुभयो । यस्तै साना एलिसा यादवले नौ, प्रविनले आठ र सावित्री धामीले सात रन बनाए। अन्य खेलाडीले खासै रन बनाउन सकेनन् । बलिङमा अस्ट्रेलियाका लागि हर्सित गिल, जुलट्टी मोर्टन र लिली वासिङफइतेले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ए कसय ३९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि काओइमहे ब्रेले सर्वाधिक ४५ रन बनाइन् ।

यस्तै एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन जोडे । बलिङमा नेपालकी कप्तान पूजा महतोले तीन विकेट लिइन् । सीमाना केसीले दुई र रिया शर्माले एक विकेट झारे।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट