Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, भोली थुनछेक बहस हुने


बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि भोली थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए ।

भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्द मुद्दा परेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट