Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन


काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सुक्खा मौसममा सामुदायिक जङ्गलहरूमा डढेलोको प्रकोप बढेर गएकाले त्यसको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो । समितिकी सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोका कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिए ।

त्यसअघि बैठकमा वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाव दिए । उनले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयगत छुट्टै महाशाखा खोलेर जवाफदेही बनाउन जरुरी रहेको बताए । उनले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौती सामना गर्नुपर्ने स्थिति आउनसक्ने बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट