Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पाैने २ बजे


काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि ९ वटा खेल हुँदैछन् । आज राति साढे ११ बजे आरबी लाइपजिग र स्पोर्टिङ सीपी तथा शाख्तर डोनेत्स्क खेल्दैछन् ।

यस्तै राति पौने २ बजे स्पार्टा प्राहा र इन्टर मिलन, फेएनोर्ड र बार्यन म्युनिख, आर्सनल र डिनामो जग्रेब खेल्दैछन् । यस्तै पौने २ बजे नै एसी मिलान र गिरोना, पेरिस सेन्ट जर्मेइन ९पीएजसी० र म्यानचेस्टर सिटी, रियल मड्रिड र आरबी साल्जबर्ग तथा सेल्टिक एफसी र योङ्ग ब्वाइज खेल्दैछन् ।

च्याम्पियन्स लिगमा लिभरपुल ७ वटै खेल जित्दै २१ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अङ्कसहित दोस्रो र एथ्लेटिको मड्रिड १५ अङ्कसहित तेस्रो स्थानमा छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट