भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्यु
भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् ।
उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् ।
गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया