इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने विनौद पौडेल पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका पौडेललाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनका लागि नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि ‘नेशनल सेन्ट्रल ब्युरो’ (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको पुस १२ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटेका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया