शक्ति बस्नेतको प्रत्यक्ष निर्देशनमा महासचिवमा भएको मनोनयनलाई उपाध्यक्षमा सारियो
काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहजीकरणका लागि पठाएका शक्ति बस्नेतको अनुचित हस्तक्षेपले अस्वस्थ विवादतिर धकेलेको छ ।
शक्तिको प्रत्यक्ष निर्देशनमा महासचिव पदका लागि प्रारम्भिक सूचीमा रहेका उम्मेदवार रोशन खड्कालाई उपाध्यक्षमा सार्न लगाइएको छ । रोशन खड्का महासचिव पदका प्रमुख दाबेदार थिए, उनले साेही पदमा उम्मेदवारी दिएका थिए तर शक्तिले हेडक्वार्टरको टिम मिलाउने क्रममा उनलाई अवैध रूपमा उपाध्यक्ष पदमा सारिएको छ ।
यसैगरी, उपाध्यक्ष पदमा उमेर हद लागिसकेका ब्रुदोस लिम्बुलाई कायम राख्न समेत शक्तिले निर्देशन दिएको जनाइएको छ । ब्रुदोस लिम्बु ३२ वर्षे उमेर हद नाघिसकेको भन्दै प्रमाणसहित उजुरी परेको जनाइएको छ । उनलाई कायम नराख्दा हेडक्वार्टर विरोधीको जीत हुने भन्दै रोक्न उनले भनेका छन् ।
शक्तिका कारण संगठनभित्र नेतृत्व चयनमा अनावश्यक हस्तक्षेपको बढेको छ । नेतृत्व चयन प्रक्रियामा निष्पक्षता र लोकतान्त्रिक अभ्यास कायम हुनुपर्नेमा यस्तो हस्तक्षेपले संगठनभित्र ब्यापक असन्तोष फैलिएको छ ।
पाँच महिनाअघि नै सम्मेलन गर्न असफल, उमेर हदमा पराजीत भएर अध्यक्ष प्रचण्डलाई नै नैतिक पराजय ब्यहोराएका शक्तिलाई अध्यक्षले किन बोक्नु पर्यो ? जनसंगठनलाई यति धेरै हस्तक्षेप अध्यक्ष प्रचण्डका नाममा किन गराउनु पर्यो ? अध्यक्षले विद्यार्थी संगठनमा केन्द्रीय सदस्य समेत नबनेका र विद्यार्थी चरित्र नबुझेका शक्ति बस्नेतका नाममा विद्यार्थीको आन्तरिक लोकतन्त्रमा गरिएको लगातारको गडबडले सीमा नाघ्दा अहिले त शक्तिलाई हटाउनु पर्ने आवाज मात्र उठिरहेको छ । यो विवाद लम्बियो भने र शक्तिले खडा गरेका टिमले निर्वाचनमा हारे भने नैतिक रुपमा अध्यक्ष प्रचण्डमाथि नै शिक्षित युवा विद्यार्थीले प्रश्न गर्नेछन । सेवा र सुविधाका लागि अध्यक्षको वरपर बसेर गुटबन्दी गरिरहेका तरमारा प्रवृत्तिले अध्यक्षलाई लज्जित र पराजीत भइरहनु पर्ने अवस्था बनाउने खतरा देखिदैंछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया