Techie IT
Samayabaddha
शुक्रबार, ११ माघ, २०८१

क्यानडा अमेरिकाको ५१ औँ राज्य बन्न सक्ने ट्रम्पको भनाई


एजेन्सी, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि क्यानडासँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले करबाट बच्नका लागि क्यानडा अमेरिकाको एक राज्य बन्न सक्ने बताएका हुन् ।

‘क्यानडासँग हाम्रो ठूलो व्यापारघाटा छ । हामी यसलाई जारी राख्न सक्दैनौँ,’ ट्रम्पले भनेका छन्, ‘मैले हमेसा भन्दै आएको छु क्यानडा अमेरिकाको एक राज्य बन्न सक्छ । यसो हुँदा व्यापार घाटा हुँदैन र हामी कर लगाउँदैनौँ ।’

बीबीसीका अनुसार ट्रम्पले क्यानडासँग वर्षौंदेखि ‘डिल’ गर्न मुस्किल भएको बताएका छन् । ‘२०० अर्ब या २५० अर्ब डलरको व्यापारघाटा हुनु उचित होइन । हामीलाई कार बनाउन उनीहरू (क्यानडा) को आवश्यकता पर्दैन ।’ साथै क्यानडाको तेल तथा ग्यास पनि आवश्यक नभएको ट्रम्पको टिप्पणी छ ।

ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने टिप्पणी गरेका थिए । त्यसो भए ६० प्रतिशतभन्दा बढी कर कटौती हुन सक्ने उनको भनाइ छ । हालै उनले अमेरिकामा सीमाबाट अवैध प्रवासीहरू गैरकानुनी रूपमा आउन बन्द हुँदैन तबसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशतसम्म कर लाग्ने बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक

प्रतिक्रिया


ताजा अपडेट