शक्ति बस्नेतको निर्देशनमा कीर्ते उम्मेदवारी फिर्ता प्रकरण: निर्वाचन बिथोल्ने प्रयासको आशंका
काठमाडौं, ११ माघ । शक्ति बस्नेतको निर्देशनमा केशब रावलले कीर्ते हस्ताक्षर गरी अर्काको उम्मेदवारी फिर्ताको निवेदन दिएको पाइएको छ । महासचिवका उम्मेदवारी मनोनयन गरेका व्यक्तिहरूलाई उपाध्यक्ष पदमा सार्ने जस्ता अवैध क्रियाकलाप गराइएपछि पनि नपुगेर कतिपय उम्मेदवारको हस्ताक्षर किर्ते गरी निर्वाचन आयोगमा उम्मेदवारी फिर्ताको चिठी बुझाएका छन् ।
यस प्रकरणमा अध्यक्ष र महासचिवका उम्मेदवारहरूसमेत प्रभावित बनाइएको छ । ती उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत आफ्नो विरोध जनाउँदै यस्तो कदमको भर्त्सना गरेका छन् ।
कीर्ते निवेदनकै आधारमा उम्मेदवारी फिर्ता भएको थाहा पाएपछि कतिपय उम्मेदवारहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । उनीहरूले यो कदमको कडा प्रतिवाद गरिरहेका छन् र निर्वाचन प्रक्रियालाई निष्पक्ष र कानूनी बनाउन माग गरिरहेका छन् ।
स्रोतका अनुसार, हार्ने निश्चितता देखेपछि शक्ति बस्नेतले यस्ता कदम चाल्दै निर्वाचन बिथोल्ने प्रयास गरिरहेको आरोप लगाइएको छ । यो घटनाले निर्वाचन प्रक्रियाको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ ।
यस विषयमा निर्वाचन आयोगले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर, उम्मेदवारहरूको प्रतिवाद र गम्भीर आरोपले यो प्रकरण थप जटिल बनेको छ । निर्वाचन प्रक्रिया अवरुद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै यस विषयमा तत्काल छानबिन गरिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।
यो पनि पढ्नुहोस्,
अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रियाले माओवादी केन्द्रको शक्ति सन्तुलन प्रभावित
शक्ति बस्नेतको प्रत्यक्ष निर्देशनमा महासचिवमा भएको मनोनयनलाई उपाध्यक्षमा सारियो
प्रश्न सोध्ने कि अन्धभक्त हुने ?
क्याटेगोरी : राजनीति
प्रतिक्रिया