Techie IT
Samayabaddha
आईतबार, १३ माघ, २०८१

अखिल क्रान्तिकारीको मतदान भोलि, अध्यक्ष र महासचिवमा कसले मार्ला बाजी ?


काठमाडौं । पाँच महिनादेखिको उहापोह र खिचातानीबीच भोलि माघ १२ गते अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्ष, महासचिवसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयनका लागि प्रतिनिधिहरू मतदानमा सहभागी हुनेछन् ।

अध्यक्ष पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका उम्मेदवारहरूमा उपदेशकुमार यादव, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई रहेका छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । पौडेल उपमहासचिव वर्षमान पुनको पक्षधर हुन् भने राई उपमहासचिव जनार्दन शर्मा नजिकका मानिन्छन् ।

महासचिव पदमा सात जनाले उम्मेदवारी दिएका छन् । तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापा मगर, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयाल प्रतिस्पर्धामा छन् ।

२४३ सदस्यीय केन्द्रीय समितिका लागि पदाधिकारी ३३, सचिवालय सदस्य ४८ र केन्द्रीय सदस्य १६२ जनाको निर्वाचन हुनेछ ।

मतदान अघि गरिएको एक सर्वेक्षणमा अध्यक्ष पदमा हेमन्त राई जीतको नजिक देखिएका छन् । राईसँग सुदीन पौडेलले कडा प्रतिस्पर्धा गरिरहेका छन् । अध्यक्ष प्रचण्डनिकट विजय सापकोटाको स्थिति तेस्रो स्थानमा छ भने उपदेश यादव चौथो स्थानमा छन् । यादवले सम्मानजनक मत ल्याउने आँकलन गरिएको छ ।

महासचिव पदमा प्रतिक कार्की जीतको निकट देखिएका छन् भने रोशन थापा मगरले उनलाई कडा चुनौती दिइरहेका छन् । अन्य पाँच उम्मेदवारको अवस्था तुलनात्मक रूपमा कमजोर देखिएको छ ।

चार जना खुल्ला उपाध्यक्षका लागि विराज थापा र अटल आचार्य मतान्तरका साथ अगाडि छन् । अरु दुई जनाको अवस्था यसै भन्न सकिन्न । जनजाति उपाध्यक्षमा सन्दीप पुन जीतको नजिक देखिएका छन् । छात्रा उपाध्यक्षमा ममता अधिकारीले अग्रता लिइरहेकी छिन् ।

बागमती प्रदेशको उपमहासचिवमा निर्मला गौतम अगाडि देखिएकी छिन् भने विशेष प्रदेशमा नेपाल ल क्याम्पसका स्ववियू सभापति विष्णु ढुंगेल र विश्व विद्यालय प्रदेशबाट जटिल कार्की निकै अगाडि देखिएका छन् ।

कोषाध्यक्ष पदमा फूलमाया राना मगरले अग्रता कायम राखेकी छिन् । चार जना खुल्ला सचिवका लागि शिशिर बस्याल र सम्झना राई अगाडि छन् । अर्जुन पौडेलको स्थिति पनि सन्तोषजनक छ । जनजाति सचिव पदमा आर्टिष्ट मोक्तानले अग्रता लिएका छन् ।

पछिल्ला पाँच महिनाको खिचातानी र पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । शक्ति बस्नेतको समूहले मुख्यालयको समर्थनमा लिएको अडान र कार्यशैलीले विद्यार्थीहरूलाई निराश बनाएको र यसै कारणले पनि देखाइदिने भन्दै आक्रोस ब्यक्त गरिएको सर्वेक्षणमा पाइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट