अमेरिकी रक्षामन्त्रीमा पीट हेगसेथ अनुमोदन : उपराष्ट्रपति भान्सको निर्णायक मत

अमेरिकी माथिल्लो सदन सिनेटले फक्स न्यूजका पूर्व प्रस्तोता एवम् पूर्वसैनिक पीट हेगसेथलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । सिनेटबाट अनुमोदन भएसँगै उनले अमेरिकी रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् ।
एक सय सदस्यीय सिनेटमा भएको मतदानमा हेगसेथको पक्ष र विपक्षमा बराबर मतपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका हुन् ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले ४४ वर्षका हेगसेथलाई आफ्नो मन्त्रीमण्डलमा नियुक्त गरेका थिए। सेनामा रहँदा उनी अफगानिस्तान र इराकमा तैनाथ थिए ।
हेगसेथ यौन दुर्व्यवहारको मुद्दामा विवादित व्यक्ति रहेको र रक्षामन्त्रीका लागि अयोग्य रहेको भन्दै विरोध हुँदै आएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया