Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बहस हुँदै


काठमाडौं, १३ माघ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज तेस्रो दिन पनि रुपन्देही जिल्ला अदालतमा बहस हुँदै छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा बहस भइरहेको हो ।

रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार र शुक्रबार बयान लिइएको थियो । बुधबार मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ ।

हालसम्म सरकारी वकिल र तीनजना रवि पक्षका वकिलले बहस गरेका छन् । रवि पक्षबाट बहसका लागि नाम टिपाएका थप पाँचजना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै न्यायाधीशले फैसला दिनेछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट